नेपालगञ्जमा आकाशे पुल योजना अलपत्र

हिमालय टाइम्स
Read Time = 3 mins
  • शुभाकर विश्वकर्मा

नेपालगञ्ज । नेपालगञ्जमा आकाशे पुल योजना अलपत्र परेको छ । नेपालगञ्जका पाँच ठाउँमा निर्माण गर्ने भनिएका ती आकाशे पुलको डिजाइन अझै स्वीकृत भएको छैन ।

सरोकारवाला पक्षले ध्यान नदिँदा लामो समयसम्म पनि आकाशे पुल निर्माण कार्य हुन नसकेको हो अहिले नेपालगञ्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक र राँझा चोकमा पुल निर्माण गर्ने भनिएको छ । तर, कहाँनिर बनाउने भन्ने यकिन भइसकेको छैन । विशेषगरी सडक दायाँबायाँ आवासहरु निर्माण भइसकेका स्थानमा पुल निर्माण गर्दा सहज नहुने देखिन्छ ।

अहिले नेपालगञ्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक र राँझा चोकमा पुल निर्माण गर्ने भनिएको छ । तर, कहाँनिर बनाउने भन्ने यकिन भइसकेको छैन ।

सडक डिभिजन भने सडक क्षेत्रमा कुनैपनि निर्माण कार्य गर्नका लागि डिभिजन कार्यालयलाई कुनै अवरोध नहुने दाबी गर्छ । यता, निर्माण कम्पनीसँग पाँचवटा आकाशे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी कात्तिक २८ गते सम्झौता गरिएको छ । पुलहरु निर्माण गर्नका लागि करसहित आठ करोड २१ लाख ४५ हजार रुपैयाँमा लागतको सम्झौता भएको छ । सम्झौता गरिएको अवधिको चार महिना घर्किसकेको छ । अझै डिजाइन स्वीकृत भएको छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी जनक धामीका अनुसार उक्त स्थानमा पुल बनाउने हो भने एउटा छेउ सिक्टा सिँचाईको डुडुवा नालामा पर्ने भएपछि डिजाइन ‘रिभ्यु’ गर्नुपर्ने (सच्याउनु पर्ने) आवश्यकता महसुस गरियो । त्यसपछि पाँचवटै आकाशे पुलको स्थलगत अध्ययन गरी पुरानो डिजाइनमा परिवर्तन गरेर नयाँ डिजाइन सडक विभागमा पठाइएको उहाँले बताउनुभयो । अब उक्त डिजाइन स्वीकृत भएर आएपछि मात्रै काम सुरु हुने उहाँको भनाइ छ ।

पहिले आकाशे पुलको लम्बाई १३ मिटर बनाउनेगरी डिजाइन गरिएकोमा अब स्थानअनुसार आवश्यक लम्बाई र पहिलेको भन्दा उचाई पनि थप गरेर नयाँ डिजाइन बनाइएको धामीले जानकारी दिनुभयो । अब आकाशे पुलको उचाई पाँच मिटरभन्दा बढी हुने उहाँले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?