१७ चैतमा स्पेसल नाइट विथ कालिप्रसाद बाँस्कोटा हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा सन् २०२३ कै पहिलो सांगीतिक कार्यक्रमका रुपमा ‘स्पेसल नाइट विथ कालिप्रसाद बाँस्कोटा’मा काठमाडौंका दर्शकमाझ गुञ्जिने हुनुभएको छ।

पछिल्लो फिल्म ‘फूलबारी’मा रहेको गीत ‘माया रैछ र’मा स्वर दिनुभएका कालिप्रसाद ठमेलको सञ्चय कोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा १७ चैत शुक्रबार गुञ्जिन लाल्नुभएको हो।

कार्यक्रममा कालिप्रसादले नयाँ व्याण्ड ‘साथी भाइ’सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालिले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउने कार्यक्रम छ । उहाँले ‘साथीभाइ’ व्याण्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउने कार्यक्रम छ ।

कार्यक्रम पीभीइ नेटवर्कको प्रस्तुती र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको हो । कालिप्रसाद  ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुनु हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?