कोशी प्रदेशस्तरीय ब्याडमिन्टन सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

धनकुटा । धनकुटामा बिहीबारदेखि कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ब्याडमिन्टन संघ धनकुटाले आयोजना गर्न लागेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो ।

धनकुटा नगरपालिका-६ स्थित सल्लेरीको कभर्डहलमा हुन गइरहेको उक्त खेलको छ विधामा एक सय १२ खेलाडीले सहभागिता जनाएको संघका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

पुरुष सिंगलतर्फ १८, महिला सिंगलमा आठ, पुरुष डबलमा १७, मिक्स डबलमा १३, ४५ वर्षमाथि पुरुष डबलमा १८ र ५५ वर्षमाथि मिक्स डबलमा १४ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । धनकुटा नगरपालिकाको मुख्य प्रायोजनमा चार दिनसम्म सञ्चालन हुने उक्त खेल अन्तर्राष्ट्रिय रेफ्री अनुपरत्न शाक्यले खेलाउनुहुनेछ ।

प्रतियोगितामा खुला पुरुष र महिला सिंगल्समा प्रथम हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले चार/चार हजार नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, पुरुष डबल र मिक्स डबलमा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले पाँच÷पाँच हजार पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । पैँतालिस वर्षमाथि र ५५ वर्षमाथि मिक्स डबलमा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले पाँच/पाँच हजार नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?