क्वाटरफाइनलमा रोकिइन् अञ्जनी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दुई बाउट जित्दै इतिहास रच्नुभएकी नेपाली मुक्केबाज अञ्जनी तेली क्वाटरफाइनलमै रोकिनुभएको छ । बेलारुसकी खेलाडीसँग पराजित हुँदै अञ्जनी प्रतियोगिताबाट बाहिर हुनुभएको हो ।

पाँचैजना जजहरूले बेलारुसकी खेलाडीको पक्षमा निर्णय दिँदा ०ः५ को युनानिमस डिसिजनका आधारमा अञ्जनीले पराजय भोग्नुपरेको थियो । योसँगै प्रतियोगितामा सहभागी सात नेपाली मुक्केबाजहरूको यात्रा पनि सकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?