काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बि’ मा परेको छ । एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल ‘बी’ समूहमा परेको हो ।
नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । ‘ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका