नयाँदिल्ली । भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशी समकक्षी शेख हसिनाले पाइपलाइनको उद्घाटन गर्नुभएको थियो । दुई मुलुकका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत ‘भारत–बंगलादेश मैत्रीपूर्ण पाइपलाइन’ को उद्घाटन गर्नुभएको थियो ।
यस पाइपलाइनले भारत पश्चिम बंगाल राज्यको सिलिगुडीमा रहेको नुमालिगढ प्रशोधन केन्द्रको टर्मिनलबाट बंगलादेशको पार्वतीपुर डिपोलाई जोड्नेछ । भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशी समकक्षी हसिनाबीच सन् २०१७ मा हरेक वर्ष १० लाख मेट्रिक टन इन्धन आपूर्ति गर्ने क्षमताको पाइपलाइन निर्माण गर्ने सहमती भएको थियो । यस परियोजना निर्माणको काम सन् २०१८ को सेप्टेम्बर महिनामा सुरु गत डिसेम्बर १२ मा सकिएको थियो ।
तीन अर्ब ७७ करोड भारतीय रुपैयाँको लागतमा यस परियोजना निर्माण गरिएको आसाम ट्रिब्युनले जनाएको छ । जसमध्ये ९१ करोड ८४ लाख भारतीय रुपैयाँ भारत सरकारले र बाँकी दुई अर्ब ८५ करोड भारतीय रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा बंगलादेशले लगानी गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच