✍️ केशवप्रसाद चौलागाई
कोरोनाको विश्वव्यापी महामारी सक्किना साथ रुस-युक्रेन बीचको युद्धले विश्वलाई नै चिन्तित तुल्याइरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिङ फिङको मस्को भ्रमणले सर्वत्र सुरक्षा चासो बढेर गएको छ । मार्चमा भएको सी चिङ फिङको मस्को भ्रमण र पुटिनसँगको सम्वादले बहुध्रुवीय विश्व दुई ध्रुवमा विभक्त भएको बुझ्न सहज बनेको छ । सी चिङ फिङको पुटिनसँगको भेटघाट र वार्ताले रुस-युक्रेन शान्तिवार्ताको सम्भावना देखिन्थ्यो भने चीनको बढ्दो प्रभाव पनि अनुमान गर्न सकिन्थ्यो । नेपालको उत्तरको छिमेकी चीनको सक्रियता प्रभाव विश्वस्तरमा बढिरहेका बेला दक्षिणको छिमेकी भारत जी-२० समिटको तयारीसँगै अन्तर्राष्ट्रिय प्रभाव देखाउन प्रयासरत छ ।
दुई विशाल छिमेकीको अन्तर्राष्ट्रिय गतिविधि बढेका बेला नेपालमा चाहिँ नयाँ गठबन्धनको सरकार विश्वासको मत लिनेदेखि परराष्ट्रमन्त्रीविहीन भएर अस्थिरताको परिचय दिइरहेको छ । परम्परागत रूपमा मनाउँदै आएको घोडेजात्रा चैत ७ गते नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मनाउँदै विदेशी कूटनीतिक नियोगको विश्वास जित्ने काम गरेको छ । उपत्यकाको जनताहरूले हर्षोल्लासपूर्वक टोल टोलमा समेत विभिन्न गुठियारहरूले मनाउने घोडेजात्रा पर्वसँग एकाकार हुँदै जनतासँगको सामिप्य दर्शाउँदै राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन कोसिस गरेको छ ।
दश वर्षे माओवादी सशस्त्र विद्रोहको पीडा भोगेर विस्तृत शान्ति सम्झौतामार्फत दिगो शान्तितर्फ नयाँ संविधानको निर्माणसँगै अगाडि बढेको भए तापनि संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न नसक्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारको विषय बनेका बेला नेपाली सेनाका नयाँ प्रयासहरू कसरी विश्वसनीय बन्न सक्लान् ?
नेपालले राजनीतिक परिवर्तनमार्फत प्रजातन्त्र र समृद्धिको मार्ग पहिल्याउन खोजिरहेका बेला दुई विशाल छिमेकी देश चीन र भारत विश्वशक्तिको प्रतिस्पर्धामा अगाडि बढिरहेको स्थितिलाई आफ्नो हित विपरीत हुन नदिन सोच्ने र गर्ने स्थायी शक्ति नेपाली सेना नै देखिन्छ ।
विश्वको बदलिँदो शक्ति सन्तुलन, दुई विशाल छिमेकी मुलुकको आपसी प्रतिस्पर्धा र गठबन्धनको अस्थिर नेपाली राजनीतिको कमजोर अवस्थामा मुलुकको राष्ट्रिय अखण्डताको रक्षा र प्रजातान्त्रिक अभ्यासलाई सफल बनाउन सैन्यशक्तिको उपयोग नेपाली सेनाले कसरी गर्ला ? आमनेपालीहरूको चासोको विषय बनेको छ ।
दश वर्षे माओवादी सशस्त्र विद्रोहको पीडा भोगेर विस्तृत शान्ति सम्झौतामार्फत दिगो शान्तितर्फ नयाँ संविधानको निर्माणसँगै अगाडि बढेको भए तापनि संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न नसक्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारको विषय बनेका बेला नेपाली सेनाका नयाँ प्रयासहरू कसरी विश्वसनीय बन्न सक्लान् ? यी विश्लेषणीय कुरा हुन् । विगतका समस्याको समाधान तथा नयाँ चुनौतीसँग सामना गर्दै मुलुक र जनताको हित गर्न नेपाली सेनाले चाल्ने कदमहरू जनता माझ स्पष्टसँग आउँदामात्रै स्वीकार्यता हुनेछ । व्यावसायिक छवि देखाउन सक्षम नेपाली सेनाका विषयमा सकारात्मक रचनात्मक बहसभन्दा पनि अलोकतान्त्रिक तथा नकारात्मक बहस सञ्चारमार्फत हुनुले सबैलाई सोच्न बाध्य पारेको छ । सेना, सरकार र नागरिकहरूमा अपेक्षा गरिएको सुधारलाई सम्भावनाका नयाँ क्षेत्रहरूबारे यस प्रकार विश्लेषण गर्न सकिन्छ ।
(१) द्वन्द्व व्यावस्थापन र राष्ट्रिय सुरक्षा : विस्तृत शान्ति सझौता अनुरूप द्वन्द्वकालका घटनाहरूलाई सम्बोधन गर्दै निकासमा पुग्न ‘सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग’ का कामलाई मौलिक नेपाली प्रयासमार्फत टुंगोमा पुर्याउँदै राष्ट्रिय मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने । अदालतको निर्णय तथा अन्तर्राष्ट्रिय कानुनका मान्यतालाई समेत मध्यनजर गर्दै सहज ढंगले समाधान गर्न धार्मिक व्यक्तित्वहरूको संलग्नता र सहयोग अवश्यक भएको कुरा मनन गर्ने ।
(२) अन्तर्राष्ट्रिय प्रभाव र सौम्य शक्तिको उपयोग : नेपाल जस्तो भूराजनीतिक मुलुकको अस्तित्व र समृद्धि सफल कूटनीति र सैन्यशक्तिको नीतिबाट सहज हुन्छ भन्ने कुरा आधुनिक चिन्तन र व्यवहारलेसमेत पुष्टि गरिसकेको तथ्य हो । नेपाल एकीकरणको महान अभियान र तत्पश्चातको धार्मिक पहिचानले विश्वका लागि नेपाल सम्मानित मुलुक रहिआएको थियो । धर्म निरपेक्ष राज्यको घोषणापश्चात् धार्मिक सांस्कृतिक प्रभावलाई सौम्य शक्तिको रूपमा उपयोग गर्न स्वराज्य र ‘मेलमिलाप’ पुस्तक प्रकाशनसँगै अभियानलाई अगाडि बढाइएको छ ।
करिब चौरासी प्रतिशत हिन्दू धर्मावलम्बी रहेको नेपालमा बौद्ध, जैन, किरात, प्रकृतिपूजकहरू समेतलाई जोड्दा पञ्चानन्ब्बे प्रतिशत रहेको पाइन्छ । साथै इस्लाम र क्रिश्चियन धर्मावलम्बीसमेतलाई अन्तर्धार्मिक अभियानमार्फत समन्वय गरिएको अवस्थामा सबै धर्मावलम्बीको साझा सिद्धान्त र मार्गचित्र स्वराज्य र मेलमिलाप बन्न जानेछ । प्रजातन्त्र, राष्ट्रियता र समावेशी सिद्धान्तलाई सम्बोधन गर्ने स्वराज्य र मेलमिलाप सिद्धान्त सबै धर्मावलम्बीका साथै नास्तिकहरूले पनि विमति नराख्ने साझा स्वीकार्य सिद्धान्त हो । विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागिरहौं भन्ने ऋगवेदको भनाइले सबैले आफ्नो ठान्ने राज्यको परिकल्पना गरेको पाइनुले राष्ट्रिय एकताको सिद्धान्त हो ।
धार्मिक सांस्कृतिक आस्थाका आधारमा सबैलाई समान व्यवहार गर्नाले राष्ट्रिय एकता मजबुत हुनाका साथै अन्तर्राष्ट्रिय प्रभाव बढाउन मद्धत गर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बारम्बार पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जानकी मन्दिर भ्रमण गर्दै नतमस्तक हुनुले धार्मिक सांस्कृतिक सौम्य शक्तिको महत्व बुझ्न सकिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको अवस्थिति, यहाँका तीर्थहरू, सम्पदा र पुरातात्विक दरबारहरू सबैलाई आकर्षित र प्रभावित पार्ने कुरा हुन् । हालै कालीगण्डकीका ठूला ठूला शालिग्रामका शीलाहरू भारतको अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा भगवान राम र सीताको मूर्ती बनाउन माग भई लानुले सौम्यशक्तिको महत्व बुझ्न सकिन्छ ।
आर्यावर्तको अवधारणालाई हामी नेपालीहरूले कठिन पदयात्रा र विश्वशान्ति महायज्ञद्वारा प्रमाणित गरिएको थियो । माओवादी द्वन्द्वलाई समाधान गर्न ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानसँगै अगाडि बढेको धार्मिक क्षेत्र अन्तर्राष्ट्रिय प्रभाव बढाउने पनि सफल रहेको छ ।
जनसंख्या, भूगोल, सेना, ठूलो अर्थतन्त्र, प्राकृतिक स्रोतभन्दा धर्म संस्कृति, प्रविधि, शिक्षा तथा विचारहरूको प्रभाव अन्तर्राष्ट्रिय जगतमा बढेको पाइनुलाई सौम्यशक्तिको रूपमा उपयोग गर्ने चलन बढ्दै आइरहेको छ । शीतयुद्धको समाप्तिका लागि सन् १९८६ अन्तर्राष्ट्रिय शान्ति वर्षका अवसरमा एघार हजार ब्राहृमणद्वारा एक महिनाव्यापी विश्व शान्ति महायज्ञ भारतको विन्ध्याचलमा सम्पन्न गरी शीतयुद्ध समाप्त गर्न सक्नु यही सौम्य शाक्तिको धार्मिक प्रयोग थियो । नेपालीहरूको क्षमता र नेतृत्व भारतीय जनतामा स्थापित हुँदै नेपालको गौरव बढेको थियो । मुक्तिनाथ-कन्याकुमारी-द्वारिका-बद्रीनाथसम्मको पदयात्राले नेपालप्रतिको सम्मानलाई शंकराचार्य, महामण्डलेश्वर, भारतीय प्रधानमन्त्रीहरू समेतले मान्ने बनाइएको थियो ।
आर्यावर्तको अवधारणालाई हामी नेपालीहरूले कठिन पदयात्रा र विश्वशान्ति महायज्ञद्वारा प्रमाणित गरिएको थियो । भारतका वर्तमान रक्षामन्त्री राजनाथ सिंह पनि उपरोक्त अभियानका जानकार एक साक्षी हुन् । माओवादी द्वन्द्वलाई समाधान गर्न ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानसँगै अगाडि बढेको धार्मिक क्षेत्र अन्तर्राष्ट्रिय प्रभाव बढाउने पनि सफल रहेको छ । स्वतन्त्र र तटस्थतालाई हृदयंगम गर्दै गरिएका कार्यले नीतिनिर्माण र नेपालप्रतिको व्यवहारमा थोरै भए पनि परिर्वतन ल्याउन सफल भएको अनुभूति गरिएको छ ।
नेपाली सेनाको लोकतान्त्रीकरण, निजी व्यावसायिक क्षेत्रमा प्रवेशमा रोक, निर्माण कार्यमा संलग्नता बेठीक, नागरिक नियन्त्रण जस्ता बहस बढिरहेका बेला राष्ट्रिय अखण्डताको रक्षा र प्रजातन्त्रको अभ्यासका लागि निम्न क्षेत्रमा ध्यान दिनुपर्ने देखिन्छ ।
(क) नेपाली सेनाको गौरवशाली इतिहास स्थानीय पाठयक्रममा समावेश गर्न पहल गर्ने ।
(ख) सौम्य शक्तिको उपयोग गर्दै परराष्ट्रनीतिमा योगदान पुर्याउने, धार्मिक सांस्कृतिक क्षेत्रलाई सौम्य शक्तिको महत्वपूर्ण आधार मान्दै धार्मिक, सांस्कृतिक क्षेत्रलाई सहभागी गराउने ।
(ग) पुनः द्वन्द्वको अवस्था आउन नदिन ‘द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानका आधारमा स्थानीय तहसँग सहकार्य बढाउने, सैनिक अधिकृतहरूको प्रशिक्षण समावेश गराउने ।
(घ) जातीय, भौगलिक असमझदारी र द्वन्द्वहरू हुन नदिन ‘शान्ति, न्याय र मिलापका लागि अन्तर्सांस्कृतिक सहिष्णुता’ विषयक गोष्ठी, सम्मेलन, टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने ।
(ङ) मिलिनियम च्यालेन्ज कपोरेसन र वेल्ट एण्ड रोड इनिसियटिभबीचको प्रतिस्पर्धा र असमझदारीहरूलाई हटाउँदै समन्वयन गरी मुलुकलाई आर्थिक लाभ गराउन इण्डोपेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरू विषयलाई अध्यन गर्दै मौलिक नेपाली रणनीतिक अवधारणाका रूपमा ‘आर्यावर्त’ लाई अगाडि बढाउने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच