बागमतीका मुख्यमन्त्री जम्कट्टेल आज पुनः विश्वासको मत लिँदै

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री जम्कट्टेलले दिउँसो १ बजे विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाली कांग्रेसका सांसदहरू काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसक्ने जानकारी आएपछि बुधबार बैठक स्थगित भएको थियो।

केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो ।

केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अप्लमतमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?