राष्ट्रिय जनगणना २०७८को नतिजा सार्वजनिकः नेपालको कुल जनसंख्या २ करोड ९१ लाख

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

नेपालमा पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ । यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुहुन्छ । प्रधानमन्त्री दाहालले नै नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?