तातोपानी गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वंसेविकालाई मोवाईल वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वंसेविकालाई मोवाईल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोवाईल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलगाईले बताउनुभयो ।

पालिका भित्रका महिला स्वास्थ्य स्वसंविकालाई सुचना प्रभावकारी गर्नका लागि सादा मोवाईल सेट वितरण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौलगाईले भन्नुभयो,“ गाउँपालिकाको वडा नं. १,२ र ३ का २६ जना महिला स्वास्थ्य स्वंसेविकालाई विहीबार मोवाईल वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख चौलागाईको भनाइ छ । ” गाउँपालिकाका बाँकी वडाका महिला स्वास्थ्य स्वंसेविकालाई पनि मोवाईल वितरण गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्ंवसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोटिङ गर्न तथा सूचना आदान प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको छ । हेर्दा सानो काम भएपनि ग्रामीण भेगका महिलालाई स्वास्थ्यसेवा कुनै जानकारी र सेवाप्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष चौलागाईको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकोमा यहाँका महिलालाई राहत पुगेको बताउनुभयो । स्वास्थ्य स्वंसेविका मोतीपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको बिषयमा ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाकालाई मासिक ५ सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको छ । संघीय सरकारले बर्षेनी पोषाक सहित रु २२ हजार उपलब्ध गर्ने गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?