नेकपा ब्युँताउने प्रचण्डसमक्ष माधव नेपालको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गर्नुभएको छ । २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गर्नुभएको हो ।

सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो । आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले एकीकृत समाजवादी दर्ता गरेका हुन् ।

तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गर्नुभएको छ ।  शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव आफूले प्रचण्डसमक्ष गरेको जानकारी दिनुभयो ।

शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ छ ।

यता तत्कालीन नेकपाको सबैभन्दा ठूलो दल नेकपा एमालेले भने नेकपा ब्युँताउने भन्ने विषयमा फरक धारणा राख्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?