आजबाट सुरु हुँदै आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवार जिल्लाकै प्रतिष्ठित छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता सुरु हुने भएको भएको छ । प्रतियोगिता संचालनका लागि सम्पूर्ण तयारी पुरा गरिएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा करिव ३२ लाख ८० हजारको लागतमा संचालन हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने छन । जसमा दुई बाहिरी र ६ नेपाली टोली छन । प्रतियोगितामा युकेएफसी भारत, एभीनियर फुटवल क्लव क्यामरुन, भोजपुर जिल्ला फुटवल संघ, एनबिवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लव मोरङ, भगवती स्पोर्टस क्लव खोटाङ र बसाहा क्लव उदयपुर सहभागी हुने छन ।

नकआउटका आधारमा संचालन हुने शुक्रवारको पहिलो उदघाटन खेल आयोजक भोजपुर जिल्ला फुटवल संघ र एनबिवाईसी सप्तरीका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका खेल संयोजक आङपासाङ शेर्पा जानकारी दिनुभयो ।

प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजि बु्रअरी रहेको छ । प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत्र १० बाट चैत्र १६ गतेसम्म संचालन हुने छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?