रुपन्देही । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन् । विश्व क्षयरोग दिवश–२०२३ को अवसरमा स्वास्थ्य कार्यलय रुपन्देहीद्धारा बुटवलमा आयोजित अन्तरक्रिया प्रदेशमा प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग हुने गरेको बताईएको हो।
लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्शन रामप्रसाद भटट्राईका अनुसार प्रदेशका १२ जिल्लामा सबै भन्दा धेरै रुपन्देही र कम रुकुम पश्चिममा रहेको छन् ।
रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पश्च्मिमा ५७ जना क्षयरोगी भेटिएको थिए । रुपन्देहीमा प्रदेशमा सबै भन्दा धेरै क्षयरोगि रहे पनि प्रतिएक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै भेटिएका थिए । रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोग भेटिएको फोकल पर्शन भटट्राईको भनाई छ। समुदायमा नै गएर परिक्षण गरिएकाले आर्थिक वर्ष २०७७/०७८ मा क्षयरोगिहरु धेरै भेटिएको उहाँको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देहीका पालिकाहरु मध्ये बुटवल उपमहानगरपालिकामा २३४ जना क्षयरोगी भेटिएको बताउनु भयो। क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको बताउनु भयो । यसकारणले लुकेर रहेका धेरै भन्दा धेरै पहिचान गर्ने गरी आफुहरु लागि रहेको बताउनु भयो । उहाँले सीमापारीबाट पनि क्षयरोगका बिरामीहरु डट्स उपचारको लागी नेपाली स्वास्थ्य चौकीमा आउने गरेको बताउनु भयो । यसरी उपचारका लागी आउने बिरामीहरुले नेपालकै ठेगाना लेखाउने गरेको र पछि नियमित रुपमा औषधी समेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आईरहेको छ । यस्तै अझै पनि समाजमा क्षयरोग बारे जनचेतनामा कमि रहेको कारण बिरामीहरु खुलेर चेकजाँचको लागी आउन नसकेको ढकालको भनाई छ।
सेभ द चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिहले लुम्बिनी प्रदेशको अबस्थाबारे जानकारी गराउदै स्वास्थ्य शिक्षा,जनचेतना जगाउने कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नियमित चेकजाँच र नियमित कार्यक्रम संचालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुन सकिने बताउनु भयो । स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयरोग फोकल पर्शन हुमनाथ खनालको संञ्चालनमा भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच