म्याग्दी । प्रतिनिधि सभाका सांसद खमवहादुर गर्वुजा (खमवीर) र गण्डकी प्रदेश सभाका सांसद हरि भण्डारीले जनताका समस्या र सुझाव संकलनका लागि जनताका घरदैलोमा पुग्ने अभियान सुरु गर्नुभएको छ ।
विहिबार आज बेनी नगरपालिका वडा नं १० पात्लेखेतमा आयोजित जनता भेटघाट कार्यक्रममा प्रतिनिधि सभाका सांसद गर्बुजाले गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गरेका वाचाहरु पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । “निर्वाचनका बेला मैले तपाइँहरु समक्ष गरेका वाचाहरु विर्सेको छैन,त्यसैका लागि म तपाइँहरुको समस्या पहिचान गर्न घरदैलोमा आएको हुँ” प्रतिनिधिसभा सदस्य गर्बुजाले भन्नुभयो । जनताका समस्याहरु पहिचान गरी ती समस्याहरुको समाधानका लागि आफूले संसद र सम्वन्धित निकायमा पहल गर्ने सांसद गर्वुजाले बताउनुभयो ।
त्यसैगरी प्रदेश सभा सदस्य हरि भण्डारीले जनताका समस्याहरु समाधान गर्ने र जिल्लामा विकास निर्माणका योजनाहरु ल्याउने आफ्नो दायित्व भएको बताउँदै जनताको साथ र सहयोग लिइ समस्याहरु समाधान गर्नेतर्फ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सांसदद्धयसँग स्थानीयले खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा धेरै समस्याहरु रहेका बताउँदै ती समस्याहरु समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । सांसदद्धयले वडाका विभिन्न वस्तीहरमा पुगेर जनतासँग पूर्वाधार निर्माण र तिनको अवस्थाका वारेमा जानकारी समेत लिनुभएको थियो ।
यसैगरी बुधवार मंगला गाउँपालिका ५ अर्मनमा पुगेर सांसद गर्वुजाले जनतासँग भेटघाट गर्नुका साथै समस्याहरु संकलन गर्नुभएको थियो । अर्मनको छिस्वाङ, टिकावांग,सिर्कुम र किमचौरमा पुग्नुभएका सांसद गर्बुजाले संघीय सरकारबाट जिल्लालाई प्राथमिकता दिएर बजेट विनियोजनका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले जिल्लाको प्राथमिकताको आधारमा बजेट ल्याउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जनताको दुःख सुदमा साथ दिए मात्रै मतको सदुपयोग र सम्मान हुने भएकाले आफ्नो कार्यकालमा जिल्ला भित्रका प्राथमिकताका योजनाका बजेटका लागि संघीय सरकार र गण्डकी प्रदेश सरकारका साथै प्रदेश सभा सदस्यसँगको समन्वयमा आफूले काम गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच