इंग्ल्याण्डद्वारा इटाली पराजित

Read Time = 2 mins

लण्डन । इंग्ल्याण्डले युरोकप २०२४ को छनोटको पहिलो खेलमा इटालीलाई पराजित गरेको छ । इंग्ल्याण्डले घरेलु टोली इटालीमाथि २-१ को जित निकालेको हो । इंग्ल्याण्डको जितमा डिक्लन राइस र कप्तान हृयारी केनले एक-एक गोल गर्नुभयो । इटालीका माटियो रेटेगुईले एक गोल फर्काउनुभयो ।

खेलको १३औं मिनेटमा डिक्लन राइसको गोलबाट इंग्ल्याण्डले अग्रता लियो । ४४औं मिनेटमा कप्तान केनले पेनाल्टीमार्फत दोस्रो गोल गर्नुभयो । यस गोलसँगै केन इंग्ल्याण्डको सर्वाधिक गोलकर्ता बन्नुभएको छ ।

५६औं मिनेटमा माटियो रेटेगुईले गोल गर्दै इटालीअघि बढेपनि त्यसले खेलमा केही फरक परेन । यस जितसँगै समूह ‘सी’ मा इंग्ल्याण्डले तीन अंक जोडेको छ । इटाली अंकविहीन छ । नर्थ म्यासेडोनियाको पनि तीन अंक छ । माल्टा अंकविहीन रहँदा युक्रेनले खेल खेलेको छैन ।
यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले माल्टालाई २-१ ले पराजित गरेको छ । म्यासेडोनियाका इल्जिफ इल्मास र डार्काे चुर्लिनोभले गोल गर्नुभयो । माल्टाका यानकाम यान्निकले गोल फर्काउनुभयो ।

उहाँले वाइन रुनीलाई पछि पार्नुभएको हो । रुनीले २००३ देखि २०१८ को अवधिमा १२० क्यापबाट ५३ गोल गर्नुभएको थियो । उक्त कीर्तिमानलाई २९ वर्षीय केनले ८१ खेलमा ५४ गोल गर्दै तोड्नुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?