एभिनर खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । विदेशी टोली एभिनर फुटबल क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा क्यामरुनको एभिनर एफसीले ‘ए’ डिभिजन क्लब खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा एभिनरले आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा बराबरी नतिजा रहे पनि दोस्रो हाफमा खुमलटारले केही कमजोर प्रदर्शन गर्‍यो ।

दोस्रो हाफमा एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई क्वार्टरफाइनलको यात्रा तय गराउनुभयो । उहाँले खेलको ६६औं र ७२औं मिनेटमा गोल गर्नुभएको थियो । एभिनरले सेमिफाइनल प्रवेशका लागि बागमती युवा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुने खेलको विजेतासँग खेल्नेछ । शनिबार नेपाल पुलिस क्लब र भारतीय क्लब जर्जियनबीच प्रि-क्वार्टरफाइनलको अन्तिम खेल हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?