फाइभ पी प्रदर्शनी सुरु

Read Time = 2 mins

काठमाडौं । नेपाल फाइभ पी प्रदर्शनी शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा सुरु भएको तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्नुभयो ।

प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको छ । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापारी, व्यवसायी तथा सरोकारवालालाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ ।

प्लास्टिक प्रोसेसिङ मिसनरी उत्पादन, स्क्रिन प्रिन्टिङ, इण्डक्सन मोलिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पयेर पार्ट्स, पेपर मेसिनरी, पेपर कप मेसिनरी प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?