बुलेट बाइकको ‘पोकर रन’

Read Time = 2 mins

काठमाडौं । रोयल इन्फिल्डका सबै र क्लासिकतर्फ ३५० सिसीभन्दा माथिका मोटरसाइकल धनीले भाग लिन पाउने पोकर रन चैत ३१ गते हुने भएको छ । हरेक वर्ष चैत ३१ गते नेपाल पर्यटन बोर्ड प्रांगणबाट सुरु भई विभिन्न रंग, बनावट र सजावटले सुसज्जित मोटरसाइकल चढेर करिब दुई सय किलोमिटर दूरी पार गर्दै सोही दिन बेलुकी पोखरा पुग्ने गरिन्छ ।

पोखराको पाँचतारे होटल पोखरा ग्राण्डमा एक रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरञ्जन) को व्यवस्था गरिएको हुन्छ । कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेल बुझाउँछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौँ दाउ बनाउन सकिन्छ ।

पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एक-एक पत्ति तास तान्ने मौका प्रदान गरिने आयोजकले जनाएको छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउँदा जसको दाउ सबैभन्दा ठूलो बन्छ, त्यो नै विजेता मानिन्छ र विभिन्न कम्पनीद्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ ।

यसपटकको पोकर रन नेपाल, भारत, अस्ट्रेलिया, न्युजील्याण्ड, संयुक्त अधिराज्य, क्यानडा, अमेरिका, फ्रान्सलगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित दुई सय ५० हाराहारीमा सहभागी हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?