काठमाडौं । काठमाडौंको रविभवनस्थित ‘सोल्टी सिटी’ अपार्टमेन्टमा फ्ल्याट किन्दा गाडी उपहार दिने भएको छ । उक्त अपार्टमेन्ट प्लाटिनम डेभलपर्सले निर्माण गरेको हो । घरजग्गा व्यवसायको बजार बढाउन नयाँ योजना ल्याएको प्लाटिनम डेभलपर्सका निर्देशक विशाल अग्रवालले बताउनुभएको छ ।
कम्पनीले सोल्टी सिटीमा ११ सय ६० वर्गफिटको तीन बेडरुम फ्ल्याट किन्ने ग्राहकलाई हुण्डाई ग्राण्ड आई-२० दिने योजना ल्याएको हो । त्यस्तै, नौ सय २० वर्गफिटको तीन बेडरूम फ्ल्याट किन्नेले हुण्डाई ग्राण्ड आई-१० नियोस गाडी पाउनेछन् ।
११ सय ६० वर्गफिटको तीन बेडरूम फ्ल्याटको मूल्य दुई करोड ४३ लाख रहेको छ भने उक्त फ्ल्याट किन्दा ४० लाख रुपैयाँ मूल्य पर्ने हुण्डाई गाडी पाइनेछ । नौ सय २० वर्गफिटको तीन बेडरूमको फ्ल्याट किन्नेले भने ३० लाख मूल्य पर्ने हुण्डाई आई-१० नियोस गाडी पाउनेछन् । सोल्टी सिटी अपार्टमेन्टका ९० प्रतिशत फ्ल्याट बुकिङ भइसकेको कम्पनीले जनाएको छ । उपहार योजना चैतसम्म मात्रै रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच