सिद्धार्थ बैंक तत्काल मर्जमा नजाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले तत्कालै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर/एक्विजिसन जाने योजनामा नरहेको जनाएको छ । बैंक तत्कालै मर्जर/एक्विजिसनमा जान लागेको हल्लामा सत्यता नरहेको कम्पनी सचिव लक्ष्मण घिमिरेले बताउनुभएको हो ।

सिद्धार्थ र एनआइसी एसिया बैंक मर्जरमा जान लागेको हल्लासँगै दुवै बैंकको सेयर बजारमा उच्च कारोबार भएको थियो । सिद्धार्थको सेयर मूल्य ८.३४ प्रतिशतले बढेको थियो भने एनआइसीको ५.१२ प्रतिशतले बढेको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?