युवा उद्यमी मञ्च र भारतको फिकीबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडरेसन अफ इण्डियन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री युवा नेतृत्व मञ्च(फिकी)बीच युवा उद्यमीको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।

हालै भारतको नयाँदिल्लीमा भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडरेसन अफ इण्डियन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । समझदारीपत्रमा परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फिकीका शाश्वत गोयन्काले हस्ताक्षर गर्नुभएकोे छ ।

समझदारीअनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीबीच विभिन्न समयमा छलफल, अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीलाई प्रोत्साहनलगायतका कार्यक्रम गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?