कला क्षेत्रमा यज्ञजंगको समर्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गीति लेखन र अभिनयबाट कला क्षेत्रमा आउनुभएका यज्ञजंग विकले पछिल्लो समय निर्देशनमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । रुकुम पश्चिमका स्थानीय बासिन्दा विक नेपाली चलचित्र क्षेत्रमा आयुष बिसीको नामले परिचित हुनुहुन्छ । २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गर्नुभएका उहाँले सहायक निर्देशकका रूपमा केही चलचित्रमा उत्कृष्ट कार्य गर्नुभएको छ । चलचित्र ‘लाटी’, ‘वृन्दावन’, ‘द रिटर्न हिरो’मा काम गर्नुभएका उहाँ नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध हुनुभएको छ ।

आउँदा दिनमा सोलो निर्देशक बन्ने उद्देश्यका साथ आफ्नो कर्मलाई अघि बढाइरहनुभएका विक लगनशील, कामप्रतिको इमानदारी र क्षमता भए लक्ष्य हासिल गर्न कुनै कुराले नरोक्ने जिकिर गर्नुहुन्छ । नेपाली चलचित्रमा निरन्तर लागिरहँदा नाम र दाम दुवै कमाउन सकिने उहाँको बुझाइ छ ।

नेपालीमात्र नभएर आधा दर्जनजति भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकका रूपमा उहाँले काम गर्नुभएको छ । उहाँले भोजपुरी चलचित्र ‘जय शम्भु’, ‘जान काहे बन गइलु’, ‘वन म्यान आर्मी’लगायतमा आफ्नो कौशल प्रदर्शन गर्नुभएको छ । यस्तै दर्जन बढी सर्ट फिल्म निर्देशन गर्नुभएका विक ‘आयुष बिसी’ले थुप्रै गीत पनि लेख्नुभएको छ । त्यस्तै, वेब सिरिज ‘निल काँडा’, ‘प्रेमवाणी’ र ‘रेडजोन’को कथा पनि उहाँले नै लेख्नुभएको हो । उहाँका थुप्रै गीत रेकर्ड भएर सार्वजनिक भएका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?