राष्ट्रपति पौडेलको रिक्त स्थानमा उतराधिकारीको खोजी

हिमालय टाइम्स
Read Time = 3 mins

दमौली । तनहुँ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि रिक्त स्थानमा उम्मेदवार हुनेहरूको दाबी दमौलीमा सुरु भएको छ । नेपाली कांग्रेस तनहुँले इच्छुकहरूले आफ्नो दाबी प्रस्तुत गर्न शुक्रबार र शनिबारको समय तोकेको जानकारी दिएको छ । शुक्रबार मात्रै उम्मेदवारीका लागि दाबी गर्नेहरूमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वसभापति रघुनाथ पौडेलसहित लक्ष्मी आचार्य, रामचन्द्र अधिकारी, दीपक भट्टराई, विष्णु पन्त रहनुभएको छ ।

प्राप्त जानकारीअनुसार ११ गते ३ बजेसम्म नाम लेखाउन पूर्वसांसद रामचन्द्र पोख्रेल, प्रदेशसभाका पूर्वसदस्य डोबाटे विक, महिला नेतृ सरिता गुरुङ र समुद्र गोदारले सूचित गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको तनहुँमा नेपाली कांग्रेसले कसलाई टिकट दिने हो निकै चासोकासाथ हेरिएको छ ।

प्रमुख प्रतिपक्ष एमालेबाट उम्मेदवारीका विषयमा बहस त्यति सुनिएको छैन । स्थानीय निर्वाचनका समयमा कांग्रेसका नेता गोविन्दराज जोशीको असन्तुष्टिसँग हात मिलाउने प्रयास गरेको एमाले संघीय र प्रदेश निर्वाचनमा भने आफ्नै सामथ्र्य परीक्षणमा लागेको थियो । पार्टीबाट अन्याय भएको निरन्तर दाबी गरिरहनु भएका जोशीको भूमिकाबारे पनि चर्चा परिचर्चा भइरहेको छ । उहाँले उपनिर्वाचनमा कस्तो भूमिका खेल्नुहुने हो स्पष्ट भएको छैन ।

आजसम्म हुने दाबीपछि क्षेत्रीय समिति र जिल्ला तथा प्रदेश हुँदै अन्तिममा केन्द्रसम्म निर्णयार्थ सिफारिस हुनसक्छ । सर्वसम्मत भएको अवस्थामा जिल्लामा नै उम्मेदवारी टुंगो लाग्नेछ । तर, नेपाली कांग्रेसभित्रको विवादका कारण सर्वसम्मत हुने सम्भावना देखिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?