अराजकता किन ?

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

अराजकताको अर्थ हो शासनका सबै अङ्ग कमजोर भएको अवस्था । देशमा कुनै पनि व्यवस्था गतिलो तरिकाले सञ्चालन हुन नसक्ने स्थिति आएमा अराजक अवस्था मानिन्छ । यही अराजकतालाई बोकेर अघि बढ्ने, आफ्ना समर्थक वा भीडलाई अनियन्त्रित अवस्थामा छोडेर राज्यका संयन्त्रको दुुरुपयोगमा उत्रने असैद्धान्तिक मान्यतालाई अराजकतावादी भनिन्छ । यिनै अराजकतावादीका भीडमा हुने गर्दछ राज्यसंयन्त्रको लुछाचुँडी पनि । राज्यमा देखिएका कानुुनी संयन्त्रले हामीलाई केही गर्न सक्दैनन्, हामी सबैभन्दा माथि छौँ भनेर राज्यका सबै अङ्गलाई चुनौती दिने अवस्थाको भीडलाई अराजक भीड भनिएको हुुन्छ । यस किसिमका भीडको नेतृत्व गर्ने नायक अराजकवादी हुन् । यो भीडमा कुनै व्यक्ति वा समूह नभई लथालिङ्ग भएको र केही काम नभएर बरालिएको स्वतन्त्र समूह हुने गर्दछ ।

संसारका कुनै पनि मुलकका आफ्नै कानुुनी व्यवस्था हुन्छन् । ती कानुुनी व्यवस्थालाई मानेर राज्यका सबै संयन्त्रमा विश्वास जगाउने अवस्था आएमा अराजकवादी कमजोर हुने गर्दछन् । राज्यका सबै अवस्था व्यवस्थित हुन नसक्ने कुरालाई अराजक भीडले कमजोर बनाउने गरेको हुन्छ । यो भीड कसैबाट परिचालित भए पनि कुुसयममा यस्तो भीडले कुनिर्णय गरेर राज्यका सबै संयन्त्रलाई कमजोर बनाएको हुन्छ । महाभारतमा अराजक राज्यको अवस्था र त्यो राज्यमा हुने गरेका सन्दर्भलाई भीष्मले युुधिष्ठिरलाई बताएका छन् ।
अराजकता :
राज्यका कुनै पनि कानुुन व्यवस्थालाई नमानेर आफ्नो मान्यतालाई जीवन्त बनाउन खोज्ने व्यवस्थारहित मान्यता नै अराजकता हो । यही अराजकताका कारण देशका सबै अवस्था कमजोर हुने कुुरालाई बताएका छन् भीष्मले ।
अराजकेषु राष्ट्रेषु धर्मो न व्यवतिष्ठते
परस्परं च खादन्ती सर्वथा धिगराजकम् ।।
जुुन देशमा शासक कमजोर हुन्छ त्यो देशमा धर्मको अवस्था पनि कमजोर हुने गर्दछ । उक्त देशका मानिस एक अर्काप्रति विश्वास गर्दैनन् र अराजकताको अवस्था सिर्जना हुन्छ । त्यो देशलाई धिक्कार छ । यस्तो अवस्था आएमा शासकमात्र होइन राज्यका प्रत्येक अङ्ग कमजोर हुने कुरालाई भीष्मले बताएका छन् । भीष्मले राज्यको मूल मान्यता धर्म तथा कानुुन हो । देशमा धर्मर धार्मिक मान्यता कमजोर बनाउने र राज्यको कानुुनविपरीत काम गर्ने व्यवस्था नै अराजकता हो । यो अराजकताको अवस्था शासक कमजोर भएमा उपस्थित हुने गर्दछ ।

देशको अवस्था दिनानुुदिन कमजोर बन्दै गएको आवाज उठ्न थालेको छ । गणतन्त्रको आगमन देशको विकास र उन्नतिका लागि भएको हो । सबै नेपाली देशको उन्नति र प्रगतिका लागि समर्पित पनि भए । आज आएर देश दिनानुुदिन अराजक भीडकोचङ्गुलमा फस्दै गएको छ ।

तत्कालीन समयमा राजालाई शासन व्यवस्थाको प्रमुुख मानिएको हुन्थ्यो । आजको व्यवस्थामा परिवर्तन भएको छ । परिवर्तन भएको व्यवस्थाले कुनै कुनै देशबाहेक विश्वमा राजतन्त्र समाप्त भएको छ । राजतन्त्र नभएको देशमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई नै प्रमुख जिम्मेवारी कानुुनले दिने गरेको छ । यस्तोअवस्थामा सरकारप्रमुुखले नै राज्यका सबै अङ्गलाई व्यवस्थित तरिकाले चलाउने जिम्मेवारी पाउने गर्दछ । त्यसैले कानुुनी राज्यमा कानुुनका माध्यमबाट कुनै पनि समस्याको समाधान हुनुु अनिवार्य मानिएको छ । कानुुनका आधारमा चल्ने राज्यमा शक्तिको मूल आधार कानुुनलाई नै मानिएको हुन्छ । कानुुनको अवस्था कमजोर भयो भने देशमा अराजकता सिर्जना हुने गर्दछ ।
अराजका प्रजाः पूूर्वं विनेशुुरिति नः श्रुुतम्
परस्परं भक्षयन्तो मत्स्या एव जले कृशान् ।।
नदीमा रहेका ठुला माछाले साना माछालाई आफ्नो आहार बनाउने गर्दछन् । त्यसरी नै अराजक देशका जनता एक आपसमा सङ्घर्ष गरेर एक अर्कालाई दोष दिँदै समाप्त हुने गर्दछन् । यो स्थिति अराजक देश र अराजक जनता भएको अवस्थामा मात्र हुने गर्दछ । शासन व्यवस्थामा अराजकता आयो भने देशका सबै क्षेत्रमा यसको प्रवेश हुने गर्दछ । अराजकताको अवस्थाले शासकमात्र होइन देश नै कमजोर बन्ने गरेको हुन्छ । व्यवस्थाका सञ्चालकले अराजकताको अवस्था नआओस् भन्ने मान्यतालाई कानुुनका माध्यमबाट समाधान गर्नु अनिवार्य मानिन्छ ।

यदि यो अराजक अवस्थाले ठाउँ पायो भने शासक र राज्यका सबै संयन्न्त्रहरू कमजोर हुने गर्दछन् । यो अराजकता सकेसम्म राज्यमा आउनुु हुँँदैन । शासक र शासनका सबै अङ्गहरू सक्रियतापूर्वक आफ्नो व्यवस्थित लयमा हुनुु अनिवार्य मानिएको छ । यो शासनमा देखिने शासकीय पद्यतिको व्यवस्थित रूप पनि हो । अराजकता राज्यमा आयो भने कस्तो हुन्छ भन्ने सन्दर्भमा भीष्म भन्छन्
पापा हृयापि तदा क्षेमं न लभन्ते कदाचन
एकस्य हि द्वौ हरतो द्वयोश्च बहवोऽपरे ।।
अराजक देशमा पापी मान्छेहरू कहिले पनि कुशलतापूर्वक रहन सक्दैनन् । एउटाको धन दुुई जना मिलेर चोर्ने गर्दछन् भने ती दुुईजनाको धन धेरै मिलेर लुुट्ने गर्दछन् । यो अराजक राष्ट्र तथा अराजक देशको अवस्था हो । सामान्यतया राज्यको कानुुनी मान्यतालाई जीवन्त बनाउने उद्देश्य अराजकताका अवस्थामा हुँदैन । कानुुनी मान्यतालाई जीवन्त बनाउने देशमा कानुुनमा देखिएका सबै पक्षहरू सक्रिय हुनुु अनिवार्य छ । यदि कानुुनमा देखिएका कुनै कुराले सक्रियता पाउन सकेनन् भने देश अराजकताको भुुँमरीमा फस्ने गरेको हुन्छ ।

हामी र हाम्रो देश :
हामी नेपाली बहुु जाति, संस्कृति, धर्म, परम्परा र भूगोलमा रम्ने गरेका छौं । यही नै हामी नेपालीको पहिचान पनि हो । यो पहिचानका आधारमा हामीलाई विश्वले चिन्ने गरेको छ । हामीले देशको परिवर्तनमा जे जति भोग्यौँ र ग¥यौँ ती र त्यस किसिमका आन्दोलन तथा पहिचानका कुुरा कमै देशले भोगेका छन् । संसारमा हाम्रो वीरतालाई सबैले मुुक्तकण्ठले प्रशंसा पनि गरेका छन् । यो हाम्रो देशको आफ्नो पहिचान र स्वत्व हो । यही स्वत्वमा हामी बाँचिरहेका छौँ । संसारका सबै मुलुुक हाम्रो पहिचान र अस्तित्वको खुलेर गुणगान गाउँछन् । यो देशको सबैभन्दा मूल्यवान् अवस्था हो र हामी नेपालीको पहिचान पनि ।

हामीसितका छिमेकी सम्पन्नशाली र आणविक शक्ति सम्पन्न छन् । उनीहरूको शक्तिले हाम्रो पहिचान कमजोर भएको होइन । हामीभित्रको अस्तित्वको कमजोरीका कारण हामी आफैँ असफल बनेका छौँ । २००७ सालदेखिको परिवर्तनका आधारलाई हेर्ने हो भने हाम्रो देशमा परिवर्तनहरू प्रशस्त भए । सबै परिवर्तनका आधार हामी आफैँ हौँ । हाम्रो देशको परिवर्तनमा कहीँ कतै विदेशी शक्तिले चासो दिए पनि हस्तक्षेपकारी भूूमिका रहेन ।

तर, २०६३ पछि देशका हरेक क्षेत्रमा विदेशी नियोग र नियोगप्रमुुखहरू सल्बलाउन थाले । देशको अवस्था र देशको स्वत्व दिनानुुदिन कमजोर बन्दै गएको आवाज उठ्न थाले । गणतन्त्रको आगमन देशको विकास र उन्नतिका लागि भएको हो । सबै नेपाली देशको उन्नति र प्रगतिका लागि समर्पित पनि भए । आज आएर देश दिनानुुदिन अराजक भीडको चङ्गुलमा फस्दै गएको देखिएको छ ।

राज्यको कमजोरीको फाइदा कहिलेकाहीँ अराजक भीडले उठाउने गरेका हुन्छन् । अराजकता कहाँसम्मको हुन्छ भने व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्तिको दुरुपयोग हुनुुका साथै मानवीय भावना ह्रास हुने अवस्थामा पुुग्दछ । राज्यको कानुुन व्यवस्थित भए पनि भीड जहिले पनि अराजक हुने गरेको हुन्छ ।

स्वतन्त्रता सबै कुरामा छ । वाक, लेखन, प्रेस, न्याय आदि स्वतन्त्र अवस्थामा रहेका छन् । त्यो स्वतन्त्रताको दिनप्रतिदिन दुुरुपयोग हुन थालेको छ । कुनै पनि अवस्थामा फर्कन नसक्ने राजतन्त्रको वकालत गर्दै एउटा जमात हिँडिरहेको छ । कहिले कुन त कहिले कुन जमातले राजतन्त्रको वकालत गर्दैै नाराबाजी र भाषण गरेको सुुनिन्छ र देखिन्छ पनि । आफूलाई मन परेन भने सञ्चारमाध्यम र तिनका सञ्चालकलाई दोष दिने प्रवृत्ति मौलाएको छ ।

मैले देशलाई बनाउन खोजेँ तर सञ्चारमाध्यमले गर्न दिएनन् भन्दै कुुर्लने समूह पनि कमजोर छैन । आफूलाई सहयोग गर्दाका अवस्थासम्म राम्रो मान्ने र सहयोग भएन भने सत्तोसराप गर्ने प्रवृत्तिले सञ्चार जगत नै कमजोर बनेर आएको छ । स्वतन्त्रता छ तर स्वतन्त्रता भयो भन्दैमा जथाभावी बोल्ने र आफूलाई सर्वोपरि ठान्ने प्रवृत्ति मौलाउँदै गएको छ । यसको अन्त्य कानुनी प्रक्रियाबाट हुनुु अनिवार्य छ ।
मानिस जीवन चलाउनका लागि विभिन्न बाटाहरू अख्तियार गर्न बाध्य हुन्छ । जीवन जिउन अपनाउने उसका हरेक क्रियाकलाप उसका व्यक्तिगत हुने गर्दछन् । व्यक्तिगत रूपमा देखिएका सबै प्रक्रियालाई राज्यको संयन्त्रसित जोडेर राज्य कमजोर बनाउने अवस्थाले व्यक्तिमात्र होइन राज्य नै कमजोर हुने गर्दछ । राज्यको आर्थिक अवस्था चर्मराउँछ । कानुुन कमजोर हुन्छ । कुनै पनि संस्थाको प्रमुुखभन्दा अराजक मच्चाउने भीड सक्रिय हुन्छ । त्यो सक्रियता परिवर्तनका लागि हुँदैन । त्यो स्वतन्त्रता निजी स्वार्थमा प्रेरित हुने गर्दछ । राज्यका सबै अङ्ग कमजोर हुन्छन् ।

ती कमजोरीको फाइदा कहिलेकाहीँ अराजक भीडले उठाउने गरेका हुन्छन् । अराजकता कहाँसम्मको हुन्छ भने व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्तिको दुरुपयोग हुनुुका साथै मानवीय भावना ह्रास हुने अवस्थामा पुुग्दछ । राज्य र राज्यको कानुुन व्यवस्थित भए पनि भीड जहिले पनि अराजक हुने गरेको हुन्छ । राजनीतिक परिवर्तनको चाहनाले प्रेरित आन्दोलन परिवर्तनका लागि हुन्छ । त्यस किसिमका परिवर्तनमा राजनीतिक दल, दलको मुख्य व्यक्ति तथा सिद्धान्तका मातहतमा सबै क्रियाशील तथा सक्रिय भएर लाग्ने गरेका हुन्छन् ।
अराजक भीडको नेता पनि हुुँदैन र सिद्धान्त पनि हुँदैन । देशलाई खोक्रो बनाउने जमात हुने गर्दछ । त्यो अवस्था आयो भने राष्ट्र कमजोर र व्यक्ति अराजक हुने गर्दछ । भीड आफैँमा अराजक होइन । भीडलाई उक्स्याउने र देशको कानुुन मान्नुु हुँदैन । हामी नै सर्वोच्च हौँ भन्ने व्यक्ति अराजक हो । यस्ता व्यक्तिलाई कानुुनको दायरामा ल्याएर कारबाही गर्नु अनिवार्य हुन्छ । यस्तो अराजकताको अन्त्य अनिवार्य छ देशको विकासका लागि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?