✍️ भूमिकला पौडेल
केही महिनाअघि नर प्रधान ‘मित्र’ द्वारा लिखित पुस्तक ‘द हिमालयन’ मेरोे हातमा पर्यो । मझौला आकारको यो किताबको आवरणमै ‘मेरो भुटानदेखि अमेरिकासम्मको यात्रा’ लेखिएको देखेपछि पक्कै पनि भुटानको मान्छे अमेरिका कमाउन गएको होला भन्ने लाग्यो । तर, जब किताब पढ्दै गए तब भुटानमा बस्ने नेपालीभाषीहरूले पनि गुजारा चलाउन सङ्घर्ष नै गर्नुपरेको र त्यसमाथि पनि भुटानी सरकारले त्यहाँका नेपालीभाषीहरूलाई देश निकाला गरी शरणार्थी बन्न बाध्य तुल्याएको सम्झेर साहै्र मन कुँडियो ।
प्रत्येक शरणार्थीसँग एक भित्री कथा हुन्छ, जुन हामी सबैका लागि उपयोगी हुन्छ, प्रोत्साहन दिन्छ र संसारलाई राम्रोसँग व्याख्या गर्दछ । ‘द हिमालयन’ भुटानीमूलका अमेरिकन नागरिक नर प्रधानको भुटानबाट सुरु भएको यात्राको शक्तिशाली कथा हो । उनले आफ्नो बाल्यकाल तथा बाल्यकालमै मातृभूमि छाड्नुको पीडा, नेपालको शरणार्थी शिविरहरूको कठिनाइपूर्ण जीवन र अन्ततः अमेरिकामा आफ्नो भविष्यको पुनर्निमाण गर्ने आशाको बीचमा यस पुस्तकमा शरणार्थीहरूको उतारचढावयुक्त जीवनलाई जस्ताको तस्तै उतारेका छन् ।
११० पृष्ठको यस पुस्तकमा लेखकले ‘बुबासँगको बाल्यकाल’, ‘बुवाबिनाको जीवन’ ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू’, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड, मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा‘, ‘व्यापारको अनुभव’, ‘अरूलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ गरी जम्मा ११ वटा शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रूपमा प्रस्तुत गरेका छन् ।
लेखकले पुस्तकको अन्तिममा ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ शीर्षकअन्र्तगत आफूले जीवनमा गरेका संघर्षहरूबाट नै सफलता पाएको र त्यस क्रममाः आफूले भोगेका अनुभवलाई व्यावहारिक रूपमा वर्णन गरी अरूलाई पनि त्यसमार्फत शिक्षा तथा प्रेरणा दिन सफल भएका छन् ।
स्रष्टा प्रधानले आफ्नो देश, गाउँसमाज तथा सम्पूर्ण श्रीसम्पत्ति छोडेर अन्धकार भविष्यको पछि लाग्नुको पीडालाई यस कृतिमा समावेश गरेका छन् । साथै उनले शिविरमा छँदा पाएको दुःख, दैनिकी र अमेरिकामा गरेको सङ्घर्षलाई समेत एकदमै विस्तृत तथा कलात्मक ढङ्गबाट पाठक माझ पस्किएका छन् । भुटानी शरणार्थीहरूले आफ्नो मुलुक छोड्नु परेको पीडा त छँदै नै छ, त्यसमाथि पनि नेपालमा शरण लिन आएपछि उनीहरूले शिविरमा रहँदा गाँस, बाँस र कपासका लागि पलपल जुन कठिन परिस्थितिसँग जुध्नुपरेको अवस्था थियो । त्यो अत्यन्त कारुणिक रहेको लेखकले ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’ शीर्षकमा छर्लङ्ग पारेका छन् ।
पुस्तक पढ्दै जाँने क्रममाः जब ‘अमेरिका प्रस्थान’ शीर्षकका पानाहरू पढ्न थालेँ तब मेरा स्मृतिहरूले मलाई एकाएक विगतमा पु¥याए । त्यसबेला म एक पुस्तक पढिरहेको नभई लेखकसँगै छु भन्ने भान भयो । किनकि त्यस शीर्षकमा लेखकले वर्णन गरेअनुसार अमेरिकी सरकारले भुटानी शरणार्थीहरूलाई अमेरिका लैजानका लागि आवश्यक अन्तिम प्रक्रिया पूरा गर्न तथा जहाज चढाउनका लागि काठमाडौंस्थित आइओएमको कार्यालय तथा त्यसले तोकेको बासस्थानमा ल्याएर राख्ने कुरा लेखेका छन् । सोही घट्ना क्रममाः मिल्ने खालको अवस्थाको मैले पनि अनुभव गरेको छु ।
म पनि मेरा मिल्ने एक जोडी साथी तथा तिनका ससाना दुईजना बच्चाहरूलाई त्यही अवस्थामा (भुटानी शरणार्थीहरू अमेरिका प्रस्थानको समय) भेट्नका लागि अत्तालिएर त्यस ठाउँमा पुगेको थिए । किनकि उनीहरू पनि भुटानी शरणार्थी थिए र सोही प्रक्रियाअनुसार अमेरिका जान लागेका थिए । त्यस बेलाको मेरा ती जोडी साथीको मानसिक उद्धेलन, अत्तालिएको अवस्था र अनश्चित भविष्यको आशङ्कालाई मैले मन नै अमिलो हुने गरी पढ्ने र महसुस गर्ने मौका पाएको थिएँ । तर, अमेरिका गएपछि दुःख, मिहिनेत तथा संघर्ष गरेअनुसार उनीहरूको अवस्था पनि एकदमै राम्रो रहेको छ, जसरी पुस्तकमा लेखक प्रधानले आफ्नो नयाँ यात्रापछिको संघर्ष र सफलता बारे लेखेका छन् ।
लेखकले अन्तिममा ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ शीर्षकअन्र्तगत आफूले जीवनमा गरेका संघर्षहरूबाट नै सफलता पाएको र त्यस क्रममाः आफूले भोगेका अनुभवलाई व्यावहारिक रूपमा वर्णन गरी अरूलाई पनि त्यसमार्फत शिक्षा तथा प्रेरणा दिन सफल भएका छन् । उनले ‘परिवार पहिलो र प्रमुख कुरा हो । त्यसैले एक अर्कासँग सद्भाव कायम राख्दै हाम्रा महत्वपूर्ण पलहरू सकेसम्म आमाबाबुसँग बिताउनुपर्छ किनकि यी क्षणहरू अमूल्य छन् र आमाबाबुको आशीर्वाद हाम्रो आत्मविश्वास वृद्धि तथा प्रगतिका लागि बहुमूल्य हुने’ बताएका छन् ।
त्यसैगरी ‘हाम्रो जीवनमा नसोचेका तथा अप्ठ्यारा विभिन्न परिस्थिति आउँन सक्छन् र हामीले पनि सोहीअनुसार आफ्नो जीवनशैली परिवर्तन गर्न र बदलिँदो परिवेशमा अनुकूलन गर्न सधैँ तयार रहनुपर्छ । जुनसुकै परिवेशमा पनि जिउन जान्नु र सक्नुपर्ने रहेछ’ भनेर पनि हामीलाई सम्झाएका छन् । बालबालिकाहरूका लागि स्वास्थ्य तथा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने हुनाले यसतर्फ विशेष ध्यान दिन तथा शारीरिक, मानसिक स्वास्थ्यमा ध्यान दिन, समयलाई व्यर्थमा खेर नफाल्न र रचनात्मक कुराहरूमा खर्चनका लागि पनि उनले सुझाएका छन् । अन्त्यमा, उनले लगनशील र परिश्रमी बनेर आर्थिक उपार्जनका बाटाहरूमा सधैँ नै हिँडिराख्न र सकेको सेवा गर्न नहिच्किचाउन पनि सुझाव दिएका छन् ।
लेखक प्रधानको यस पुस्तक शरणार्थी जीवनको बारेमा अध्ययन तथा अनुसन्धान गर्नका लागि एक राम्रो सन्दर्भ सामग्री हुन सक्छ । कोरोना सङ्क्रमणको समयमा क्वारेन्टाइनको समयलाई सदुपयोग गरेर लेखकले अङ्ग्रेजी भाषामा पुस्तक तयार गरेको र त्यसपछि सो पुस्तकलाई नेपालीमा पनि अनुवाद गरेको बताएका छन् । पुस्तकलाई नेपाली भाषामा जितेन्द्र श्रेष्ठले अनुवाद गरेका हुन् । भुटानी शरणार्थीहरूको इतिहास नै सङ्कटमा पर्ने हो कि भन्ने भयले यो पुस्तक लेख्न लेखकलाई प्रेरणा मिलेको कुरा लेखकले आफ्नो कृतज्ञतामा व्यक्त गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका