पुस्तक : लोहनीको ‘विविध आयाम’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

कपिल लोहनी परिचित नाम हो । अर्थशास्त्रका विज्ञ लोहनी यसका साथै व्यवसायी, गीतसंगीत तथा रंगकर्मी तथा लेखकसमेत हुनुहुन्छ । काठमाडौंका स्थायी बासिन्दा लोहनीको अध्ययनको विषय अर्थशास्त्र भए पनि उहाँ विविध विषयमा कलम चलाउने सामथ्र्य राख्नुहुन्छ । वास्तवमा विगत साढे दुई वर्षदेखि हप्ताको एउटाका क्रममा विद्युतीय माध्यमबाट सार्वजनिक गरिएका विभिन्न विषयक लेखहरूमध्ये छनौटमा परेका बीसवटा लेखहरूलाई समावेश गरेर यो पुस्तक प्रकाशित गरेको जनाइएको छ । डिएमआई आकारको यो पुस्तक हेर्दा निकै आकर्षक छ । कृपा पब्लिकेसन तुलसी मार्ग डिल्लीबजार काठमाडौं प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार लेखक स्वयम्मा रहेको छ ।

यस पुस्तकलाई विधागत रूपमा लेख तथा निबन्धसङ्ग्र भनिएको छ । प्रथम संस्करणका रूपमा २०७९ साल कात्तिकमा प्रकाशित यो पुस्तक यस संस्करणमा २००० प्रति प्रकाशित भएको जनाइएको छ । पुस्तक भूमिका खण्डमा १० र पाठ्य खण्डमा २०८ गरी जम्मा २१८ पृष्ठको छ । यसको मूल्य ३०० रुपैयाँ रहेको छ । आवरण सज्जा कृष लोहनी थापाको रहेको छ भने आवरण तस्वीर किशोर डङ्गोलको रहेको छ । यस पुस्तकको मुद्रण सहारा प्रिन्ट कनेक्सन, डिल्लीबजारमा भएको छ । आवरण गाढा नीलो पृष्ठभूमिमा आकर्षक रहेको छ र लेखकको पूर्णपृष्ठको तस्वीर राखिएको छ ।

माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘विविध आयाम’ लेखिएको छ र त्यसमुनि साना अक्षरमा ‘विकास, वातावतरण, समाज र संस्कृतिका कुरा’ भनिएको छ । तल लेखकको नाम ‘कपिल लोहनी’ लेखिएको छ । पृष्ठ आवरण पनि आकर्षक छ । यहाँ यस पुस्तक बारे वरिष्ठ लेखक, समालोचक तथा चिन्तक अरविन्द रिमाल, वरिष्ठ साहित्यकार तथा समालोचक पुष्कर लोहनी तथा वरिष्ठ साहित्यकार प्रा.डा.खेम कोइराला बन्धुका विचारहरू राखिएका छन् । तल बारकोड र कृपा पब्लिकेसनको नाम लोगोसहित दिइएको छ । भूमिका खण्डमा समर्पण रहेको छ र यहाँ ‘सम्पूर्ण नेपाली जनतामा तथा नेपालको समृद्धिका लागि समर्पित युवापिँढीमा’ भनिएको छ ।

वातावरण वा पर्यावरण, बालश्रम, सामाजिक अपराध, कुरीति, संस्कृति संरक्षण, विश्वमा बढ्दो शहरीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा, प्रकोप व्यवस्थापनलगायत लाभदायक विषयमा यस पुस्तकका लेखहरू समेटिएको पाइन्छ । लेखक लोहनीले यस पुस्तकमा छनौट गर्नुभएका लेखहरूका शीर्षकमा पनि विविधता पाइन्छ ।

त्यसपछि पुस्तकका लेखक लोहनीको यस पुस्तकको लेखन सन्दर्भ तथा यसको पृष्ठभूमिका बारेमा लेखिएको भूमिका रहेको छ । त्यसपछि विषयसूची रहेको छ र यस पुस्तकमा रहेका लेखरचनाहरूको शीर्षक यहाँ उल्लेख भएका छन् । यसबाट जानकारी पाइएअनुसार यस पुस्तकमा उहाँका छनौटमा परेका बीसवटा लेख रहेका छन् । यस पुस्तकमा समेटिएका लेखहरूका शीर्षक हेर्दा यी लेखहरू विविध विषयम लेखिएका छन् । कुनै संस्मरणात्मक छन् भने कुनै सामाजिक विषयमा लेखिएका छन् । यसैगरी यस पुस्तकमा रहेका अन्य लेखमा कुनै आर्थिक विषयमा लेखिएका छन् भने कुनै कानुनलाई विषय बनाएर लेखिएका छन् ।

वातावरण वा पर्यावरण, बालश्रम, सामाजिक अपराध, कुरीति, संस्कृति संरक्षण, विश्वमा बढ्दो शहरीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध, शिक्षा, प्रकोप व्यवस्थापन, खेरजाने खानेकुराको संरक्षणलगायत धेरै लाभदायक विषयमा यस पुस्तकका लेखहरू समेटिएको पाइन्छ । विविध विषय तथा भावका साथै लेखक लोहनीले यस पुस्तकमा छनौट गर्नुभएका लेखहरूका शीर्षकमा पनि विविधता पाइन्छ । दुई शब्ददेखि छ शब्दसम्मका शीर्षक छन् । दुई शब्दका तीन, तीन शब्दका आठ, चार शब्दका दुई, पाँच शब्दका दुई र छ शब्दका पाँचवटा लेखहरू रहेका छन् । यस पुस्तकमा रहेका लेखहरू समग्रमा मध्यम आयामका छन् । सात पृष्ठदेखि २० पृष्ठसम्मको फैलावटमा रहेका भए पनि सालाखाला लेखहरू सातदेखि १२ पृष्ठको फैलावटमा छन् ।

त्यस कारण यिनलाई छोटा भन्न नसकिए पनि लामा भन्न पनि मिल्दैन । एक बसाइमा एउटा लेख पढिसकिन्छ । दुई–तीनवटा लेख चाहिँ २० पृष्ठसम्मका छन् । तिनलाई भने लामा आयामका लेख भन्न मिल्छ । पुस्तकको अन्त्यमा लेखक लोहनीको फोटोसहितको संक्षिप्त केही कुरा रहेको छ । उहाँको यो ‘विविध आयाम’ दोस्रो पुस्तक भएको जानकारी पनि यही पृष्ठबाट थाहा हुन्छ ।

यसअघि २०७५ सालमा उहाँको पहिलो कृतिका रूपमा ‘विचार र अनुभूति’ प्रकाशित भएको पनि यहीँबाट थाहा हुन्छ । लोहनीको यो पुस्तक शीर्षक अनुसारकै विविधता संप्रेषण गर्न सफल छ । यो एउटा पठनीय पुस्तकका रूपमा पाठकसमक्ष आएको छ । लेखकबाट यस्ता अरू पनि पुस्तकहरू प्राप्त भइरहलान् भन्ने अपेक्षा गर्नु अस्वाभाविक नहोला । उहाँलाई हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?