काठमाडौं । नेपाल प्रहरीको नेतृत्व आजबाट नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्हाल्ने हुनुभएको छ ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई ल्याएको हो ।
नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने हुनुभएको हो। कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नुहुनेछ ।
यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका