झुटो विवरण पेश गरि जन्मदर्ता बनाउने तिनजना पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले झुटो विवरण पेश गरि जन्मदर्ता बनाउने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का ५७ बर्षिय श्याम बहादुर नगरकोटी, उनका श्रीमति ५७ बर्षिय हिममाया नगरकोटी र चितवन रत्ननगर नगरपालिका वडा नम्बर १२ टाडीका २२ बर्षिय अमिर खान रहेका छन् ।

श्याम बहादुर नगरकोटी र उनका श्रीमतिले चैत ८ गते ज्वालामुखी गाउँपालिका-६ वडा कार्यालय गई खानलाई आफ्नो छोरो रोशन नगरकोटी हो भनी झुटो विवरण दिई सम्बन्धित वडा कार्यालयबाट जन्म दर्ता प्रमाणपत्र बनाई नेपाली नगारिकता(बंशज) प्रमाणपत्रको लागि अनुसूची १ बमोजिम फारम भर्दै गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका तिनै जनालाई झुटो विवरण पेश गरि जन्म दर्ता बनाएको कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धानको लागि जिल्ला अदालत धादिङबाट ४ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Deven
Deven
2023-03-25 11:22 am

Neta matra hoina yesta ghadiya manxa haru la kahi rupiya ko lagi garda aja hamro Muluk Nepal khatra ma paraka ho…Neta ra Yesta haru lai ta sidhai fasi dinu parna Rasta Ghati kam garako ma.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?