आर्थिक संकट सामना गरिरहेकाे पाकिस्तानलाई चीनकाे २ अर्ब डलर सहयाेग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं, । चीनले आर्थिक संकटको सामाना गरिरहेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ ।

चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिदै गएको छ ।  चीनले पाकिस्तानको संकट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।

टाईम्स अफ इण्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र सो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यसैगरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिन पुगेको छ ।

अर्थतन्त्र संकटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाई भएको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?