कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता साझेदार कांग्रेसको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।

शनिबार कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको थियो ।

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुग्नेबारे छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । प्रमुख सचेतक रमेश लेखकले संसदमा पेस भएका विधेयकबारे बैठकमा जानकारी गराउनु भएको थियो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुस पश्चात् अहिलेसम्मको राजनीतिक घटनाक्रम ब्रिफ गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?