२२औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीलाई

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ ।

शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो ।

उपाधि उचाले सँगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।  सुदुरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

त्यस अघि भएको खेलमा दुवै टिमबाट १/१ गोल भएको थियो ।५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लवलाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन ।

खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

२१औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा भएको हो ।

बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्ष देखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?