भोजपुर गोल्डकप : पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै मोरङ बिजयी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट जारी जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शनिवार भएको दोश्रो खेलमा ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ बिजयी भएको छ ।

दुवै तर्फबाट एक/एक गोल भएपछि ट्राइबेकरमा खेलाईएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लव मोरङ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा भारतका लागि खेलको २० औ मिनेटमा जर्सी नम्वर ६ का खेलाडी बिरेन प्रधानले १ गोल गरेका थिए भने मोरङका तर्फबाट जर्सी नम्वर ६ का बिशाल पाण्डेले खेलको ७४ औ मिनेटमा १ गोल गर्दे खेललाई बरावरी अवस्थामा पुर्याएका थिए ।

खेल बरावरी भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल संचालन गरिएको थियो । सोक्रममा डाँगीहाट युथ क्लव मोरङका तर्फबाट बिवेक राई, प्रबिण राई, धिरेन बिष्ट र सन याक्खाले चार गोल गरे भने युकेएफसी भारतका तर्फबाछ पेमा लामा, तुसार बिश्वकर्मा र साहिल राईले तीन गोल मात्र गर्न सफल भए । खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लव मोरङका जर्सी नम्वर १६ का गोलकिपर चरी लिम्बु भएका छन् ।

शुक्रवार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका बिरुद्ध चार गोल गर्दे आयोजक भोजपुर जिल्ला फुटवल संघ सेमीफाइनल प्रवेश गरी सकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?