विराटनगर । विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लब सेमिफाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा छ–पाँच गोल अन्तरले पराजित गर्दै जावलाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो । विराटनगरको शहीद रंगशालामा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टिमबाट पाँच-पाँच गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । जसमा आर्मीका शेषेहाङ आङदम्बेले गरेको प्रहार पोष्ट माथिबाट बाहिरियो । जावलाखेलका लागि निर्णायक गोल भने विशाल तामाङले गर्नुभएको थियो ।
आर्मीका लागि टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पीजंग कार्की, शिशिर केसी र विकेश कुथुले सहजै गोल गर्नुभएको थियो । जावलाखेलका लागि सिमान्त थापा, फोडे फोफाना, राहुल, छिरिङ लामा र समिरराज थोकरले गोल गरेपछि पाँच-पाँच गोल भएको थियो । सडन डेथमा आर्मीका शेषेहाङले गरेको प्रहार खेर जाँदा जावलाखेलका लागि विशाल तामाङले निर्णायक गोल गर्नुभएको थियो ।
पहिलो र दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । जावलाखेलले सुरुदेखि नै आर्मीमाथि दबाब बनाए पनि आर्मीले पनि निकै होसियारीपूर्वक खेल्दै हरेक रणनीति विफल पारेको थियो । आठौँ मिनेटमा जावलाखेलको डी बक्स बाहिरको प्रहार असफल भएको थियो भने आर्मीका सुदीन राईले १२औँ मिनेटमा गरेको फ्रिकिक पनि सफल भएन । १५औँ मिनेटमा जावलाखेलको प्रहार विफल भयो । २६औँ मिनेटमा जिलेस्पीजंग कार्कीले गरेको प्रहार पोष्टमाथिबाट आउट भयो ।
३९औँ मिनेटमा जावलाखेलका हिसुब थपलियाले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्ने अवसर गुमाउनुभएको थियो । पहिलो हाफमा आर्मीले एक र जावलाखेलले दुई कर्नर प्राप्त गरेका थिए । दोस्रो हाफमा दुवै टिमले पाएका मौका सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।
१७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच