आरजु राणालाई गोकुल बाँस्कोटाको जवाफ : लौन भाउजू ! उपचुनावमा बैसाखीबिना चार तारे उम्मेदवार उठाएर देखाउनुस्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले उपचुनावमा बैशाखीबिनाको कांग्रेस उम्मेदवार उठाएर देखाउन कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई चुनौती दिनुभएको छ ।

बाँस्कोटाको गृह जिल्ला काभ्रेमा आयोजित तरुण दलको कार्यक्रममा आरजु राणाले गोकुल बाँस्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको बताउनु भएको थियो । उहाँले “अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो , भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरु बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।” भन्नुभएको थियो ।

राणाको उक्त भनाइको बाँस्कोटाले सामाजिक सञ्जालबाट जवाफ फर्काउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘साउनमा लगाएको चश्माले मंसीरलाई पनि हरियै देखेछ।’

थप उहाँले लेख्नुभएको छ–आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ।म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू , तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त !

— Gokul Prasad Baskota (@GokulPBaskota) March 25, 2023

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?