फ्रान्स र बेल्जियमको जित

Read Time = 2 mins

पेरिस । फ्रान्स र बेल्जियमले युरोकप छनोटको आ-आफ्नो खेलमा जित हात पारेका छन् । फ्रान्सले नेदरल्याण्ड्समाथि चार–शून्यको सानदार जित हात पारेको हो । फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लियो । आठौँ मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पार्नुभयो । २१औँ मिनेटमा कप्तान एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ अघि बढाउनुभयो । ८८औँ मिनेटमा कप्तान एम्बाप्पेले चौथो गोल गर्नुभयो ।

इन्जुरी समयको थप गरिएको पाँचौँ मिनेटमा नेदरल्याण्ड्सले पेनाल्टीको अवसर पाए पनि मेम्फिस डिपाएले गोल गर्न सक्नुभएन । यस जितसँगै समूह ‘बी’ मा फ्रान्सले तीन अंक बटुलेको छ । नेदरल्याण्ड्स अंकविहीन छ । यही समूहको अर्काे खेलमा ग्रिसले जिब्राल्टारलाई तीन–शून्यले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यस्तै, रोमेलु लुकाकुले हृयाट्रिक गर्नुभएपछि बेल्जियमले स्विडेनलाई उसकै मैदानमा तीन-शून्यले पराजित गर्‍यो । खेलको ३५औँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा एक-शून्यको अग्रता दिलाउनुभयो ।

४९औँ मिनेटमा लुकाकुले डोडीकै पासमा दोस्रो गोल गर्नुभयो । यस्तै, ८२औँ मिनेटमा लुकाकुले हृयाट्रिक पूरा गर्दै बेल्जियमलाई जित दिलाउनुभयो । यस जितसँगै समूह ‘एफ’ मा बेल्जियमले ३ अंक बटुलेको छ । स्विडेन अंकविहीन छ । यही समूहको अर्काे खेलमा अष्ट्रियाले अजरवैजानलाई चार-एकले पराजित गर्दै शीर्षस्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?