फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

फाइत तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल एक हजार दुई सय पाँच अंकका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्षस्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ । इंग्ल्याण्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन् । नेदरल्याण्ड्स आठौँ, ब्राजिल नवौँ र अष्ट्रेलिया दशौँ स्थानमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?