‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

Read Time = 3 mins

ओटावा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उहाँले बताउनुभयो ।

‘चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु’, क्यानडा भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भन्नुभयो । साथै उहाँले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रूपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताउनुभयो ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस (एयुकेयुस) महत्वपूर्ण सुरक्षा साझेदार हुन् भन्नुभयो ।

यसै साता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रुस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताउनुभयो ।
चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सिर्जना गथ्र्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवं दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?