झलक र समीक्षाको स्वरमा ‘डाँडै पिपल’

Read Time = 1 min

काठमाडौं । झलक पुन र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘डाँडै पिपल’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र बियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय देख्न सकिन्छ । लोक शैलीको गीतको भिडियोमा प्रेमीलाई गर्मी हुँदा प्रेमीकाले शीतलता दिने र प्रेमीकालाई घाम हुँदा प्रेमीले चर्को घाम सहने कुरा रोमान्टिक लाग्छ ।

नवराज उप्रेती छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो गायक पुनको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?