पत्रकार दीपेन्द्र तामाङको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पत्रकार दीपेन्द्रविक्रम तामाङको निधन भएको छ । ललितपुरको मेडसिटी अस्पतालमा उपचाररत तामाङको शनिबार अपराहृन निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँको ब्रेन हृयाम्रेजका कारण निधन भएको हो ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील तामाङ इमेज एफएफ, सिटिजन एफएफ, रेडियो जनतालगाय मिडियाको सम्पादकीय भूमिकामा रहेर काम गर्नुभएको थियो भने पछिल्लो समय मध्याहृन दैनिकको कार्यकारी सम्पादकको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

फागुन २८ गते आइतबार बिहान घरमै बसेका बेला ब्रेन स्ट्रोकका भएर ढल्नुभएका तामाङलाई चाबहिलस्थित दीर्घायू अस्पताल पु¥याइएको थियो । लगत्तै उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । खासगरी रेडियो म्यागेजिन र फिचर राइटिङमा दख्खल राख्ने तामाङ प्रभावशाली लेखक एवं सिनेकर्मी पनि हुनुहुन्थ्यो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय तामाङका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?