‘द्विराष्ट्रिय वाणिज्य संघ आर्थिक कूटनीतिका वाहक’

Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आर्थिक कूटनीतिका संवाहक भन्दै मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत् भइरहेको प्रयासको प्रशंसा गर्नुभएको छ । मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार उहाँले आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको हो । नेपाली दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत् आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न सकिने पनि उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकको बृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने भन्दै द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत् वैदेशिक लगानीमा सहजीकरण गर्न सकिने बताउनुभयो ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सरकारलाई मार्गनिर्देश हुने अपेक्षा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिज्यूले अभिभावकीय भूमिकामा रहेर सरकारलाई निजी क्षेत्रमैत्री नीति निर्माण तथा तिनको प्रभावकारी कार्यान्वयनमा मार्गनिर्देश गर्नुहुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?