नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा नवनियुक्त बसन्तबहादुर कुँवरलाई आज (आइतबार) दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ ।

चैत १० गतेको मनत्रीपरिषद बेठकले प्रहरी अतिरिक्त महानिरीक्षकबाट माहानिरिक्षकमा बढुवा गरेको कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज दर्ज्यानी चिन्ह लगाइदिन लाग्नुभएको हो ।

नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ । उहाँले आइतबार नै प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हाले पनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उहाँले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नुहुनेछ ।

सरकारले कुँवरलाई शुक्रबार ५ प्रतिस्पर्धी एआईजीमध्येबाट आईजीमा बढुवा गरेको थियो ।

२९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा जानुभएको छ। सिंह अवकाशमा जानुअघि शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपीमा बढुवा गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?