एमाले अध्यक्ष ओली आज अर्घाखाँची जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदै हुनुहुन्छ ।

पार्टीको मिसन ग्रासरुट अभियानको क्रममा शनिबार कपिलवस्तु पुग्नुभएका ओली आज अर्घाखाँची जान लाग्नुभएको हो ।

अध्यक्ष ओली बिहान १० बजेसम्म सन्धिखर्क पुग्नुहुनेछ । त्यसक्रममा उहाँले बाटोमा पर्ने सुपा देउराली मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले मध्यान्ह १२ बजे सन्धिखर्कमा आयोजना हुने पार्टीको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

अध्यक्ष ओली भोलि बिहान अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै गुल्मीको सदरमुकाम तम्घास जाने कार्यक्रम छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?