यू-१७ महिला साफ : नेपालले आज रुससँग खेल्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले आफ्नो तेस्रो खेलमा युरोपियन टोली रुसको सामना गर्दैछ ।

नेपाल र रुसबीचको खेलमा बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ । यसअघिका दुई खेलमा मिश्रित नतिजा निकालेको नेपालका लागि उपाधि होडमा कायम रहन रुसलाई हराउनुपर्नेछ ।

नेपाल पहिलो खेलमै भारतसँग ४-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो । पहिलो पटक दक्षिण एसियामा खेलिरहेको रुसले भने पहिलो खेलमै बंगलादेशलाई ८-१ ले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा भुटानलाई ९-१ ले हराएको थियो । त्यसले पनि नेपालका लागि रुस ठूलो प्रतिद्वन्द्वी रहेको छ ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?