चिनियाँ एप टिकटकमाथि फ्रान्स सरकारको प्रतिबन्ध

सांकेतिक तस्बिर : सामाजिक संजालबाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चिनियाँ एप टिकटकलाई फ्रान्सेली सरकारले पनि सरकारी डिभाइसहरूमा प्रतिबन्ध गरकेो छ । पछिल्लो समयमा विभिन्न देशहरूले आफ्नो सरकारी डिभाइसमा टिकटकलाई प्रतिबन्ध लगाएको छ । सोही सुचिमा फ्रानसपनि थपिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले टिकटक मात्र नभइ अन्य मनोरञ्जनका एपहरू लगायत ट्वीटरलाई पनि सरकारी डिभाइसमा प्रतिबन्ध गर्ने योजना बनाइरहेको छ ।

फ्रन्सको सरकारले टिकटकसँगै ट्वीटर, नेटफ्लिक्स, क्यान्डी क्रस लगायतका एपहरूमा माथि पनि प्रतिबन्ध लगाउने योजना बनाएको हो । यस्ता एपहरूले साइबर सुरक्षाको जोखिम बढाएको बन्दै सरकारले प्रतिबन्ध लगाउने योजना बनाएको हो । यस्ता एपको प्रयोगले सरकारी कर्मचारी र प्रशासन दुवैको डेटा सुरक्षामा जोखिम थपेको फ्रान्सेली सरकारको बुझाइ छ ।

यसअघि अमेरिका, क्यानडा, युरोपेली आयोग र बेलायतले पनि आफ्ना सरकारी कर्मचारीको डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाएपछि यो अभियान कै रुपमा अहिले अगाडि बढिरहेको छ ।

टिकटकमार्फत चिनियाँ सरकारले अन्य देशको डेटा चोरी गरिरहेको आरोप कम्पनीमाथि लगाइएको छ । टिकटकले भने बारम्बार चिनियाँ सरकारसँग सहकार्य गरेको कुरा अस्वीकार गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?