लुम्बिनी सरकारबाट माओवादीसहित जनमत पार्टी पनि बाहिरियो

हिमालय टाइम्स
Read Time = 1 min

रूपन्देही । लुम्बिनी सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएको छ ।  लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एकजना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेका नेता लीला गिरी नेतृत्वको  प्रदेश सरकारमा सहभागी माओवादीका  जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी जनमतका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ ।

माओवादीसहित जनमत पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा पर्नुभएको छ । उहाँ यसअघिको एमाले गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?