नेप्से परिसूचक २६.८५ अंकले गिरावट

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

आईतवार नेप्सेपरिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंकले घटेको छ ।

आईतवार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवारको तुलनामा आज नेप्से कारोबार रकम समेत घटेको छ । बिहीवार १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ । त्यस्तै,लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त,बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटेपनि माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कालिञ्चोक दर्शनको शेयरमूल्य ६ प्रतिशत बढेको छ । तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आईतवार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?