एमालेका सचेतक बर्तौलाको नियमापत्ति पछि सांसद पूर्णबहादुर खड्काले माफी मान्नु पर्‍याे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष सांसदको नियमापक्ति पछि सत्ता पक्षका सांसदले माफी मागेका छन् । प्रमुख प्रतिपक्ष दल एमालले संसद बैठक चलिरहँदा सत्तापक्षबाट मर्यादाविपरीत काम भएको भन्दै नियमापक्ति जनाएको थियो ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको सभामुखको आसन तथा सांसद बोलिरहँदा त्यहीँ बीचबाट हिँड्न नपाइने भन्दै नियमापत्ति जनाउनु भएको थियो।

“पटक–पटक मर्यादाविपरीत काम भइरहेको छ । प्रतिनिधिसभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही सदस्यलाई अनुमति हुँदैन,” बर्तौलाले भन्नुभयो, “पटक–पटक मर्यादाको धज्जी उडाउँदै सत्तापक्षका मान्यबाट यस्ता काम भइरहेको छ । सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बर्तौलाले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले त्यसबारेमा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । लगत्तै नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका सांसद पूर्णबहादुर खड्काले बोल्ने समय माग गर्दै माफी माग्नुभयो ।

“अन्देखाका कारणले मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले त्यो नियमावलीको दफालाई उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु,” खड्काले भन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?