बुबाको हत्या आराेपमा छाेरा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कपिलवस्तु । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?