भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ भएका बेवासिरे मोटरसाइकलका धनीहरु खोज्न सुरु गरेको छ । लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुर बेवासिरे सवारी साधनको स्वामित्व दावी गर्ने बिषयमा सुचना समेत जारी गरि सकेको छ । सुचनामा मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिइएको छ । पन्ध्र दिनभित्र हकदाबी गर्न कोही नआएमा कानुनबमोजिम लिलामी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मन्त्रिपरिषद्ले जारी गरेको सरकारी सम्पत्ति तथा जिन्सी मालसमान लिलाम बिक्री सम्बन्धी कार्यविधि २०७९ परिच्छेद ३ को दफा २० अनुसार प्रहरीले स्वामित्व नखुलेका पुराना सवारीसाधन लिलाम बिक्री गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यामाहा, बजाज, टिभिएस लगायतका मोटरसाइकलहरु बेवारिसे अवस्थामा छन । जिल्ला प्रहरी कार्यालय भोजपुर र मातहत प्रहरी कार्यालयहरुको कम्पाउण्ड हाता भित्र रहेका चोरी तथा वेवारिसे अवस्थामा फेला परेको मोटरसाइकलहरुको सवारीधनी नभेटिएको र कसैले पनि दावी गर्न नआएका कारण सुचना जारी गरेको जिल्ला प्रहरी कार्यालय प्रवन्ध शाखाले जनाएको छ ।
सुचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र सवारी साधनहरुको हकदावी नगरिएमा लिलामी प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच