चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताउनु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले सरकारले चाँडै पूर्णता पाउने बताउनु भएको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गर्नुभयो ।

यसका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धन आवद्ध दलसँग छलफल गरिरहेको उहाँले बताउनु भयो । नेकपा एसले गृहमन्त्रालयसहित ३ मन्त्रालयको दाबी गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?